बिराटनगरको रङ्गमन्चीय इतिहास
Friday, 29 May 2009 09:18

- बसन्त भट्ट

बिराटनगर ऐतिहासिक रुपमा ज्यादै पुरानो शहर हो । यहां वसोवास गर्ने मानिसहरु राजनैतिक शैक्षिक र सुस्कृतिक पाटॊमा धनि थिए । तर पनि राणा शासनकालमा यस शहरलाई न राजनैतिक न शैक्षिक न त साँस्कृतिक नगरीको रुपमा विकसित हुन मौको नै दिइयो । यस सहरलाई राजनैतिक शैक्षिक अनि साँस्कृतिक नगरको रुपमा विकास गर्ने मौका दिइयो भने  आपुनो शासनको पतन हुनेछ भन्नेमा त्यस वेलाका शासक र तिनका मतियारहरु निश्चिन्त थिए । त्यसैले यस नगरीलाई व्यापारिक नगरीको रुपमा विकसित गिरंदै लगियो । यहाँ भानुभक्तीय होइन तुलसीकृत रामायण पढन लगाइयो । तर पनि केही प्रवुद्ध मानिसहरु विराटनगरको राजनैतिक शैक्षिक र सँस्कृतिको  विकासमा लागी नै रहे ।
विराटनगरको कला शिक्षा र राजनीतिको प्रेरणा श्रॊत कोइराला निवास नै हो । २००७ सालको क्रान्तिपछि तारिणीप्रसाद कोइरालाले विराटनगर जुट मिलमा प्रजातान्त्रिक रेडियो नेपाल साचालन गरेर गीत र संगीतको क्षेत्रमा

पहिलो जग हाले । यही रेडियोबाट महिलामा रानु देवी अधिकारीले र पुरुषमा विश्व भारतीले प्रथम पटक गीत गाएका थिए । यसमा संगीत दिएका थिए कृष्णप्रसाद अधिकारीले । जसलाई विराटनगरमा वौवा गुरुजु भन्ने नामले पनि बोलाइने गरिन्थ्यो ।
यो वेला विराटनगरमा एउटा नाटक मण्डली पनि थियो जसले हिन्दी नाटकहरु मात्र गर्दथ्यो । यस मण्डलीमा कुमार बहादुर श्रेष्ठ  गायक प्रकाश श्रेष्ठको पिता लक्ष्मीराजभक्त नेपाली  भु.पू. अञ्चलाधिस कालिका गुप्ता धन ब. डंगोल भोला श्रेष्ठ आदि थिए । त्यसवेला बिराटनगरका ठुल्ठुला गोदामघरहरु चौरीहरु र सार्वजनिक स्थलहरुमा हिन्दी नाटकहरु भै रहन्थ्ये । यसैवेला नाटक भक्त प्रह्लाद बालक ध्रुव हिन्दीमा मन्चन भएको थियो ।

२००८ सालमा वि. पी. कोइरालाको निवास स्थानमा निजकी पत्नी श्रीमती शुशीला कोइरालाको अगुवाईमा  नारी जागृति भन्ने क्लवको स्थापना भयो । यही सालमा शुशीला कोइरालाको निर्देशनमा बालकृष्ण समको  नाटक म सहिद मैदानमा मन्चन भएको थियो । नेपाली भाषामा मन्चनभएको यो नाटक नै सम्भवत् पूर्वान्चलको पहिलो नेपाली नाटक हो । यस नाटकका सवै पात्रहरुमा महिलाहरुले नै अभिनय गरेका थिए ।
 त्यसताका विराटनगरमा एउटा मात्र स्कुल थियो आदर्श विद्यालय । यस विद्यालयमा साँस्कृतिक कार्यक्रमहरु भइरहन्थ्ये । करीव २०१० सालको कुरो हो अहिलेका अभिनेतालेखक अनि निर्देशक माधव सापकोटा त्यसवेला करिव १० वर्षका थिए । उनले पहिलो पटक एउटा प्रहसनबाट त्यस विद्यालयमा भएको साँस्कृतिक कार्यक्रममा भाग लिएका थिए । प्रहसनमा उनको जोडी विनोद नेपाल थिए । यो प्रहसन यति प्रशंसनीय भयो कि यहींबाट दुवैको लोकपि्रयता बढदै गयो र करीव ९।१० वर्षसम्म यो जोडी अटुट रह्यो । 
२०१३ या १४ सालतिर हो दार्जिलिङबाट जागीरको सिलसिलामा विराटनगर बसोवास गर्ने केही दार्जिलिङे युवाहरुले विराटनगरका कलाकारहरुलाई एक ठाउमा भेला गरी लक्ष्मी प्रसाद देवकोटाको मुना-मदन  आदर्श विद्यालयको प्राङगणमा प्रस्तुत गरेका थिए ।
२०१६ सालमा माधव सापकोटा र अम्वर बहादुर श्रेष्ठ  जो पछि नेपाल वायु सेवा निगमका पाइलट हुनु भयो - अहिले हुनुहुन्न  मिलेर आदर्श क्लवको गठन गरे । यो क्लव खेलकूदको विकासको लागि भनी खोलिएको थियो । त्यसपछि यही क्लवमा २०१८ सालमा एउटा साँस्कृतिक विभागको पनि स्थापना गरियो । जुन विभागको प्रमुखमा चतुर्भुज निराशावादी  थर पौडेल  रहेका थिए । साँस्कृतिक कार्यक्रम गर्न भनी विराटनगरमा कलाकारहरुको खोजी गर्न थालियो । चतुर्भुज निराशावादी रक एण्ड रोल नृत्य असाध्यै राम्रोसंग नाच्न सक्थ्ये । त्यहीबेला दार्जिलिङ खर्साङबाट ग्राम विकास  जो अहिलेको कोशी प्रोजेक्ट  मा काम गर्न आएका सन्तोष राईसंग सम्पर्क भयो । उनि नेपाली आधुनिक नृत्यमा पोख्त रहेछन् । उनिसंगबाट सहयोग मागियो ।  त्यतिवेलाका वडाहाकिम दामोदर सम्सेरकहाँ आदर्श क्लवका सदस्यहरु सहयोग माग्न गए । भर्खरका तन्नेरीहरुको जोश देखेर दामोदर सम्सेरले सवैको नाम सोधे । तर चतुर्भुज निराशावादीतर्पु फर्केर भनेछन यस्तो जल्दो वल्दो उमेरको मान्छेले पनि निराशावादी भनेर राख्ने हो  आजदेखि तिमी आशावादी भयौ । यसपछि दामोदर सम्सेरले साँस्कृतिक कार्यक्रमको लागि आर्थिक सहयोग पनि गरे । यो कार्यक्रम जलजला सिनेमा हलको स्टेज  त्यतिवेला निर्माणको क्रममा थियो  मा गरियो । यहीवेला देखि चतुर्भुजको निराशावादी हटेर चतुर्भुज आशावादी हुन गयो जुन मृत्यू पर्यन्त पछि पनि त्यही नामले चिनिदै छ ।
वि।सं। २०१९ सालमा आदर्श विद्यालय मै आदर्श क्याम्पसको स्थापना भयो । स्थापनापछि क्याम्पसको वार्षिकी उत्सवमा यहा अध्ययनरत विध्यार्थीहरुले शेक्सपियरका नाटक द मर्चेण्ट अफ भेनिस र म्याकवेल्थ अंग्रेजीमा प्रदर्शन गरेका थिए । नाटक खेल्ने कलाकारहरुमा तुलसी श्रेष्ठ शालिग्राम अधिकारी अभि सुवेदी मोहनचन्द्र अधिकारी आदि थिए ।
माधव सापकोटा र चर्तुभुज आशावादीको साँस्कृतिक यात्रा लामो समयसम्म टिक्न सकेन र यो दुई खेमामा विभाजित भयो । नाटकको विकास गर्ने उद्देश्यले वि.सं.२०१९ सालमा माधव सापकोटाको अगुवाईमा हिमकला मन्दिरको स्थापना भयो भने चतुर्भुज आशावादीको अगुवाईमा भानुमोरङ साँस्कृतिक समिति ।
हिमकला मन्दिरले माधव सापकोटाको लेखन एवं निर्देशनमा कानूनको आँखा नामक नाटक मन्चनगर् यो । यसपछि क्रमशः मंगले गोरेटो त्यो गाउँको सीता हरण गीति नाटक अधुरो जीवन एक्लो वृहस्पति  मंगलेको लेखन शिव खरेल थिए  प्रदर्शन भयो । यी सवै नाटकको लेखन एवं निर्देशन माधव सापकोटाले गरेका थिए । यी प्रदर्शनहरु कुनै टिकटमा र कुनै निशुल्क देखाइने गरिन्थ्यो । यसवेलाका कलाकारहरु थिए शिव खरेल माधव सापकोटा राजआनन्द कार्की माधव निरौला कृष्ण हिमाली रामेश्वर पंत राम कुमार राठी राजेश कोइराला आदि ।
२०१९ सालदेखि २०३० सालसम्म विराटनगरमा हिमकला मन्दिर र भानुमोरङ साँस्कृतिक समितिले कला सँस्कृतिको सम्बद्र्धन एवं विकासमा निरन्तरता िदंदै आयो । यतिखेर हिमकला मन्दिरले प्रहसन र नाटक विधालाई बढाउदै लग्यो भने भानुमोरङ साँस्कृतिक समितिले नृत्य एवं प्रहसनलाई अघि बढाएको पाइन्छ । 
चतुर्भुज आशावादीलाई साथ दिनेमा कामेश्वर झा माया पौडेल चन्द्रकला राणा  विवाहपछिको थर   र प्रमिला झा  विवाहपछिको थर  हरु थिए । यो समूहले नृत्य एवं प्रहसन मात्रै प्रस्तुत गर्दथ््यो जसको लागि राष्ट्रि्य स्तरमा नै प्रशिद्धि कमाएको थियो । 
२०३० सालपछि भने हिमकला मन्दिरको कार्यमा सिथिलता आयो । माधव सापकोटा भन्नुहन्छ- विराटनगरमा साँस्कृतिक भवनको अभाव नगर व्यापारिक केन्द्रको रुपमा विकसित हुदै जानु विराटनगरवासीहरुले पनि सँस्कृति तर्पु त्यति चाख नवढाउनु सरकारले पनि यस नगरीलाई साँस्कृतिक केन्द्रको रुपमा विकास गर्ने चासो नदेखाउनु आदि कारणहरुले गर्दा यहा भएका प्रतिभाहरु विस्तारै विस्तारै काठमाण्डौ पलायन भए र त्यही नै साँस्कृतिक गतिविधीलाई बढाउँदै लगे ।
नाटकको विकासको लागि के गर्नु पर्छ त  भन्ने सवालमा वहा भन्नुहुन्छ - नाटकलाई शैक्षिक आधारमा विकास गर्दै लानु पर्दछ । नाटक हेर्नु र नाटक गर्नु पनि एउटा शैक्षिक योग्यता हो भन्ने वातावरण बनाउनु पर्दछ । डक्टर ईाजनीयर प्रोफेसर र वकिल भने झै अभिनयको पनि एउटा डिग्री हुनु पर्दछ । कलालाई व्यावसायिकरण गर्न सुरुमा सरकारले नै पहल गर्नु पर्दछ । यसको लागि सरकारले नै गाउँ नगर सवैतिर आधुनिक नाट्य गृहको स्थापना गरी दिनु पर्दछ । यति भएमा नाटकको विकास स्वःस्फुर्त रुपमा हुदै जान्छ ।
हिमकला मन्दिर सिथिल हुँदाकै ताका वि.सं.२०२९ सालमा बद्री अधिकारीको नेतृत्वमा आदर्श बालकला निकेतन नामक एउटा साँस्कृतिक क्लवको गठन भैसकेको थियो । यसले हिमालय टाकिजको स्टेजमा बद्री अधिकारी कै लेखन एवं निर्देशनमा यहाँ मरे बाँचिन्छ नामक पूर्णांकी नाटक प्रदर्शन गर् यो । यसमा बद्री अधिकारीको मूख्य भूमिका रहेको थियो भने बसन्त भट्ट मनोज खरेल प्रताप थापा शिला श्रेष्ठ वेणु अधिकारी शैलेन्द्र रिजाल आदि कलाकारहरुले अभिनय गरेका थिए ।
आदर्श बालकला निकेतनको यही पूर्णांकी नाटक प्रर्दशनसंगै समुहमा केही मतभेद सिर्जना हुन गयो र बद्री अधिकारी सहित बसन्त भट्ट प्रताप थापा मनोज खरेल शैलेन्द्र रिजाल दिपक हुमागाई आदि मिलेर २०३१ सालमा दियालो परिवारको गठन गरे । यही संस्था सांगठनिक रुपमा बलियो र विशुद्ध नाटक प्रदर्शन गर्ने समुहको रुपमा स्थापित हुदै गयो । राजनीतिज्ञ चिरिाजवी रिजालको संरक्षकत्वमा स्थापित यो समुहमा डा।मिनेन्द्र रिजाल डा।हरि रिजाल सुनिल रिजाल मुकुन्द श्रेष्ठ राम रेग्मी दिनेश चापागाई हरि निरौला समेत सम्मिलित भएका थिए । यसले आपुनो वार्षिकीमा मुकुन्द श्रेष्ठको लेखन र निर्देशनमा नाटक द्रोही प्रदर्शन गरेको थियो । यो नाटकको मुख्य भूमिकामा डा।मिनेन्द्र रिजालले अभिनय गर्नु भएको थियो । पछि यही नाटक भद्रपुर दमक र डा।भोला रिजालको निम्तोमा राजविराजमा पनि प्रदर्शन गरिएको थियो । पछि यस समुहमा सल्लाहकारको रुपमा माधव सापकोटा रामकृष्ण भट्टराई र डा. भोला रिजाल पनि सम्मिलित हुनु भयो ।
बिराटनगरमा अशेष मल्लको तुँवालोले ढाकेको बस्ती दिपक आलोकको छिमेकी पनि यही बीचमा प्रदर्शन भएको स्तरीय नाटकहरु थिए ।

यही समयमा दार्जिलिङबाट मन बहादुर मुखियाको अनि देउराली रुन्छ नाटक वीरेन्द्र सभा गृहमा प्रदर्शन भयो । मन बहादुर मुखियाको अनि देउराली रुन्छ र अशेष मल्लको तुँवालोले ढाकेको बस्ती जस्ता नाटकको प्रदर्शनीले बिराटनगरका कलाकारहरुलाई नयाँ तरिकाले नाटक प्रदर्शन गर्न उत्साही बनायो । २०३२ सालमा माधव सापकोटाको लेखन एवं निर्देशनमा रक्तिम बलेंसीका रातहरु  पूर्णांकी नाटक वीरेन्द्र सभा गृहमा प्रदर्शन भयो । यस नाटकमा रमेश बुढाथोकी बद्री अधिकारी बलराम थापा अनन्त भट्ट दिनेश चापागाई चन्द्र थापा सुनील रिजाल बसन्त भट्ट शिला श्रेष्ठ दिपक हुमागाई मुन्नी राय मनोज खरेल प्रताप थापा माधव सापकोटा आदि कलाकारहरुले अभिनय गरेका थिए । विराटनगरमा स्थानीय संस्थाले प्रदर्शन गरेको र धेरै दिनसम्म चलेको संभवत यो नै पहिलो नाटक हो । दियालो परिवारको गठन संग सगै बिराटनगरको साँस्कृतिक गतिविधीमा यसले आपुनो प्रभावलाई बढाउदै लग्यो । यसको बढ्दो प्रभाव र दर्शकहरुको नाटक प्रति बढदो रुचि देखेर नयाँ नयाँ संस्थाहरु खुल्दै गए र सकि्रय हुन थाले । प्रेक्षालयमा आई टिकट काटेर नाटक हेर्छन र उक्त टिकटबाट नाटकमा हुने खर्च उठला भनेर सोच्नु काठमाण्डौमा त अहिले संभव छैन भने त्यसवेलाको बिराटनगरमा त झनै संभवै थिएन । नाटकको टिकट बल प्रयोग गरेर व्यापारीहरुलाई बेच्नु पर्दथ्यो । यस्तो वेलामा सवै संस्थाहरु सकि्रय हुनु भनेको टिकट बेच्नका लागि प्रतिस्पर्धा हुनु हो । यस्ता प्रतिस्पर्धाहरुले व्यापारीहरु पि_िल्सन थाले र धेरै गुनासाहरु आए । एक समय त यस्तो पनि अवस्था आयो कि कलाकारहरु टिकट हातमा लिएर बजारमा देखा पर्नै हुदैनथ्यो । प्रशासनले समेत जवरजस्ती टिकट बेच्न नपाइने भनेर कागज गराउथ्यो । दियालो परिवारले टिकट विक्रीको लागि नयाँ सोंचको विकास गर् यो । यस संस्थाले वर्षमा दुइवटा मात्र नाटक गर्ने तर बल प्रयोग गरेर टिकट नबेच्ने । यसका लागि स्थानीय नगरपालिका र व्यापार संघले टिकट खरिद गर्नमा सहयोग गर्ने । दियालो परिवारको यो सोचलाई दुवै निकायहरुले समर्थन गरे । यसले नाटकलाई थोरै भएपनि व्यावसायिकतातर्पु डोर् याउन थाल्यो । तर केही प्रदर्शनहरुपछि यसको नकरात्मक असरहरु पनि देखिन आयो । विराटनगरका विभिन्न संस्थाहरुले यस्तै सम्झौता गर्न दुवै संगठनहरुलाई दवाव दिन लागे । केही नाटकहरुको प्रदर्शनपछि दियालो परिवारसंगको यॊ सम्झौता पनि भङ्ग भयो । यसपछि दियालो परिवारको आर्थिक अवस्था नाजुक हुदै गयो । यही समयमा सुनील पोखरेल, शैलेश आचार्य प्रदिप श्रेष्ठ बद्री अधिकारी बिराटनगरमा आउनु भयो र अभिनय गरिरहेका विभिन्न संस्थाका राम्रा ठहरिएका कलाकारहरुलाई संलग्न गराई जिल्ला विकास समितिको भवनमा ३ दिने कार्यशाला साचालन गरे । यो कार्यशालाले विभिन्न संस्थाका नाटक गर्ने कलाकारहरुलाई एक ठाउमा भेला हुनआ-आपुनो भनाइँ राख्न र नाटकको भविष्यको वारेमा सोच्न वाध्य बनायो । यही भेलाले नाटक मात्र गर्ने एउटा संस्थाको बिराटनगरमा आवश्यक्ता रहेको निष्कर्ष निकाल्यो । २०३८ सालदेखि रङ्गकर्मीहरुको संस्था आरोहणको नामबाट चलिआएको गै.स.संस्थाले वि.सं.२०४४ सालमा जिल्ला प्रशासन कार्यालय मोरङ्ग बिराटनगरबाट बैधानिकता प्राप्त गर् यो ।


२०३९ सालमा अशेष मल्लको हामी बसन्त खोजिरहेका छौं सडक नाटकबाट प्रभावित भएर बसन्त भट्टले २०४२ सालमा पहिलो पटक अन्तोन चेखवको छेपारो नाटकलाई सडक नाटक को रुपमा संसारी माइस्थानमा देखाए । बिराटनगरको इतिहासमा सम्भवतः यो नै पहिलो सडक नाटक थियो । यस सडक नाटकमा देशभक्त खनाल बसन्त भट्ट विशाल पोखरेल र भैरव क्षेत्रीले अभिनय गरेका थिए ।
आरोहण गठनसंगै २०४४ मै बसन्त भट्टको लेखन एवं निर्देशनमा आक्रोश पूर्णांकी नाटक वीरेन्द्र सभा गृहमा प्रदर्शन भयो । १० दिन चलाउने भनी स्थानीय प्रशासनबाट स्वीकृति लिइएको उक्त नाटक पहिलो प्रदर्शनपछि नै प्रतिवन्ध लागेको थियो । २०४५ सालमा भारतले गरेको नेपाल विरुद्धको नाकावन्दीको विरोधमा विशाल पोखरेलको लेखन र बसन्त भट्टको निर्देशनमा हामीलाई देश दुख्छ सडक नाटक विराटनगर र आसपासका गाउँहरुमा प्रदर्शन गरियो । २०४६ को नाटक महोत्सवमा कर्फयू र २०४७ मा विशाल पोखरेलको लेखन र निर्देशनमा यहाँका बोट विरुवा र मालीहरु पूर्णांकी नाटक प्रस्तुत गरिएको थियो । २०४६ सालको आन्दोलनपछि प्रतिवन्धित नाटक आक्रोश पुनः प्रदर्शन गरियो । ०४७ पछि आरोहण विराटनगर रङ्गमाच छाडी विकासे नाटक र टेलिभिजनतर्पु लागेको पाइन्छ । आरोहणले २०५० सालमा विशाल पोखरेलको लेखन बसन्त भट्टको निर्देशनमा आहत दौलतविक्रम विष्टको कथामा आधारित विशाल पोखरेलको आलेख अनि सुनील पोखरेलको निर्देशनमा हाटखोलाको गोरेटोमा र शैलेश आचार्यको कथा सुरेन्द्र नकर्मीको पटकथा र सूर्यमाला शर्माको निर्देशन रहेको लछुमनिया जस्ता उत्कृष्ठ टेलिसिरियलहरुको पनि निर्माण गरेको थियो । त्यस्तै विवश पोखरेलको कथा र विशाल पोखरेलको पटकथा एवं सम्बाद् र सुनील पोखरेलको निर्देशनमा ०५१ मा कालो पुल टेलिफिल्मको निर्माण पनि गरेको थियो ।  त्यसो त विराटनगरमा मुनाल मनोराजनालय तथा पुस्तकालयका सकि्रय कलाकारहरु बासुदेव मुनाल र लोकमणी सापकोटाहरुले पनि रुपक प्रहसनहरु गरिरहन्थ्ये । तर माधव सापकोटा र विनोद नेपालको प्रहसन हेरेर प्रभावित भई कलाकार बन्न पुग्नु भएका अर्का प्रख्यात कलाकार हुन राजआनन्द कार्की । माधव सापकोटाहरुसंगै मिलेर पहिलो पटक एउटा प्रहरीको सानो भूमिकामा अभिनय गरेका थिए । त्यसपछि हिमकलामा पहिलो पूर्णांकी नाटक म¨ले मा नायकको भूमिकामा अभिनय गरॆ । उक्त नाटकमा नायिकाको अभिनय पुरुष कलाकार माधव निरौला र माधव तिम_िल्सनाले गर्थे । त्यसपछि गरीब भन्ने हिन्दी नाटकमा पनि अभिनय गरे राजआनन्द कार्कीले । २०१७ सालमा दूर्गा सुवेदी र राजआनन्द कार्की मिलेर एउटा छुट्टै टोली गठन गरे । यो टोलीमा कनकराम श्रेष्ठ, शिव दहाल, गुणराज ढुङ्गल रामेश्वर पंत कृष्ण बस्नेत आदि सामेल थिए । यो वेलामा दूर्गा सुवेदीले लेखेको राष्ट्रि्य एकतामा कैंची नलाउ र गोरखापत्रमा प्रकाशित मलाइँ नबेच गंगालालको चितामा आदि नाटकमा राजआनन्द कार्कीले प्रमुख भूमिका निर्वाह गरेका थिए । यस समूहमा राज आनन्द कार्की सहित राजेश कोइराला विश्व वस्नेत सागर थपलिया कृष्ण वस्नेत रामेश्वर पन्त आदि थिए । यो समुह त्यति धेरै दिनसम्म चल्न सकेन र राजआनन्द कार्की पुनः हिमकलामा संलग्न भए । यो वेला राजआनन्द कार्कीले माधव सापकोटाको लेखन अनि निर्देशनमा नयाँ संविधान गोरेटो त्यो गाउँको चित्रकार मूर्ति्रकार आदि रुपकहरुमा अभिनय समेत गरे । करीव २०।२१ सालतिर अभिनयमा नगरस्तरीय स्वर्ण-पदक समेत प्राप्त गरे राजआनन्द कार्कीले । यही समयमा स्वयंलॆ लेखेको प्रतिज्ञा नामक रुपकमा समेत अभिनय गरे । माधव सापकोटाको लेखन अनि निर्देशन रहेको भूमि सुधार मुलुकी ऐन गाउँ फर्क विषयको एकांकी नाटकहरु पूर्व मेची देखि पश्चिम महाकालीसम्म प्रदर्शन गरिएको थियो जसमा मुख्य भूमिका राजआनन्द कार्कीले नै गरेका थिए । अभिनयको यो यात्रा २०२८ सालसम्म कायमै रह्यो । वि.सं.२०२९ सालदेखि भने राजआनन्द कार्की राजनैतिक जीवनमा प्रवेश गरे र वडा अध्यक्षमा निर्वाचित भए । २०३० सालमा नेपाली कथानक चलचित्र मनको वाँध मा सानो खलनायकको भूमिका निर्वाह गरेका कार्की झन सवैको प्रसंशनीय कलाकारको रुपमा स्थापित हुन पुगॆ ।
दियालो परिवारको विलय आरोहणमा भएपछि आरोहणले विराटनगरको रङ्गमाचीय गतिविधिलाई नियमितता दिइरह्यो । राजधानीमा मात्र केन्द्रित आरोहण गुरुकुल अव राजधानी वाहिर बिराटनगरमा आउनु पर्ने र रङ्गमाचीय गतिविधिलाई यहा पनि नियमितता दिनु पर्ने भन्ने राजआनन्द कार्कीको धारणा छ । अफगानिस्तानका नरेश जाहिर शाह नेपाल भ्रमणको समयमा राजा महेन्द्र समेतलाई राष्ट्रि्य नाचघरमा हिमकला मन्दिरको तर्पुबाट सहभागी भै साँस्कृतिक कार्यक्रम देखाएको दिनलाई जसरी रङ्गमाचीय जीवनको पहिलो खुशीको क्षण मान्छन त्यसरी नै विराटनगरमा पनि आरोहणले गुरुकुल खोलेर रङ्गमाचलाई नियमितता दिएको दिन राजआनन्द कार्कीको रङ्गमाचीय जीवनको अन्तिम खुशी हुने ठान्छन् ।
बिराटनगरको रङ्गमाचको कुरा गर्दा भुल्न नहुने अर्का कलाकार हुन महेश तुलाधर । २०३२।०३३ सालतिर दुर्गा उप्रेतिको अगुवाईमा युवा विध्यार्थी साँस्कृतिक समितिको गठन भयो । नाटकको इतिहासमा यो संस्थाले धेरैवटा नाटकहरु माचन गर् यो । दिपक आलोकको निर्देशनमा छिमेकी तारा टुकि्रएर झर्दा सहनाई रोइरहेछ सेतो गुलाफ तर क्षितिज हास्दैन हत्यारा को  नाटकहरु माचन गरेको थियो । महेश तुलाधरबलराम थापा बसन्त भट्ट चाँदनी प्रधान तारा प्रधान लक्ष्मण पुण्य प्रभुराम पोखरेलभोला पौडेल वीर बहादुर श्रेष्ठपुष्पराज पोखरेल शंकर खतिवडा रमेश दहाल देशभक्त खनाल मिना कर्ण आदि त्यसवेला कलाकारहरुले त्यस संस्थाको प्रस्तुतिमा अभिनय गरेका थिए । वि।सं। २०३९ सालमा समुह व्यवसायिक तिर लम्किने कोशीसमा थियो तर अन्तत यो टुकि्रयो । युवा विध्यार्थी साँस्कृतिक समिति टुकि्रनुसंगै यसमा संलग्न सबै कलाकारहरु आ-आपुना व्यवसायमा लागे । बाँकी कलाकारहरु काठमाण्डौ पलायन भए । तर महेश तुलाधर भने सधै अभिनयमा नै समर्पित भै बिराटनगरलाई नै आपुनो कर्मथलो बनाइरहे । महेश सौखिन कलाकारको रुपमा विराटनगरमा अभिनय गर्दै छन् । यही समयमा उनले विभिन्न संस्था अनि निर्देशकहरुसंग काम गर्ने मौका पाए र आपुनो अभिनयलाई पनि निखार्दै गए ।
महेशले बसन्त भट्टको निर्देशनमा रक्तिम बलेंसीका रातहरु जे पनि गर्नु पर्छ सागर ढुङ्गेलको निर्देशनमा समस्या मीना श्रेष्ठको निर्देशनमा माइडियर साहुनी मोहन निरौलाको निर्देशनमा उधारो सिन्दुर भोजराज पराजुलीको निर्देशनमा रित्तो घर छर्किदेउ सिन्दुर लाशमाथि दिपक आलोकको निर्देशनमा मनको लड्डु आदि नाटकहरुमा मुख्य पात्रको भुमिका निभाए ।
वि.सं.०२७।२८ सालमा भानुमोरङ्ग साँस्कृतिक समितिमा नृत्य विधाबाट आपुनो कला यात्रा शुरु गर्नु हुने अर्का कलाकार हुन मुकुन्द श्रेष्ठ । भानुमोरङ्ग कोशी नाट्य नृत्यालय हुदै वि.सं.२०३० सालमा जानकी साँस्कृतिक समितिमा प्रवेश गर्नु भएका कलाकार मुकुन्द श्रेष्ठसंगै दिपक आलोक महेश तुलाधर देवेन्द्र राजवंशी दिपक आवारा पे्रम प्यासी सविता प्रधान सविता राणा बवली राय लगायतका कलाकारहरुसंग काम गरिसकेका छन् । यस समितिले त्यस वेला साँस्कृतिक कार्यक्रममा रुपक प्रहसन संगसंगै एकांकीहरु प्रदर्शन गर्ने गर्दथ्यो । सौखिन कलाकारबाट व्यावसायिकतातर्पु जाने सोंचको वृद्धिसंगै यो संस्था अघि बढन सकेन र यो पनि बन्द भयो । यो बन्द हुनुलॆ वि.सं.२०३४ सालमा हिमाली अर्केष्ट्रा गु्रप नामक साँगितिक समुह मुकुन्द श्रेष्ठको अगुवाईमा खोलियो ।

बिराटनगरमा हिन्दी गीतको प्रभाव बढी थियो । त्यो प्रभाव हटाउन बिराटनगरमा एउटा नेपाली अर्केस्ट्र्ा समुह खोल्नु आवश्यक थियो । वैवाहिक समारोहहरुमा संगीत दिने उद्देश्यले खोलिएका ब्राँस बैण्डहरुलाई नेपाली गीतको प्रशिक्षण दिने र नेपाली गीतहरु नै बजाउन दवाव दिने संस्थाको सोंच राखियो । यसमा साथ दिन इन्द्र रिजाल राजाराम श्रेष्ठ राजु किशन खतिवडा चाँदनी प्रधान तारा प्रधान प्रकाश पोखरेल शान्ति श्रेष्ठ, गणेश शाही विनोद तिमल्सिना, मा.सगीर मा.अकवर मा.बुलबुल आदि राजी भए । यसले पनि त्यति प्रभावकारी रुपले काम गर्न सकेन । यहां पनि मुकुन्द श्रेष्ठको कला यात्रा त्यति दिगो रहेन र आदर्श वाल कला निकेतनको पहिलो नाटक यहाँ मरे बाँचिन्छ मा संगीत दिनका लागि त्यहाँ आवद्ध भए ।
आदर्श बालकला निकेतनबाट छुट्टिएका बद्री अधिकारीसंगसंगै मुकुन्द श्रेष्ठ पनि दियालो परिवारमा आवद्ध हुन पुगे । दियालो परिवारमा उनी २०३७ सालसम्म रहे । यस समयमा मुकुन्द श्रेष्ठको लेखन निर्देशनमा पूर्णांकी नाटक द्रोही बद्री अधिकारीको लेखन निर्देशनमा पूर्णाकी नाटक यहाँ मरे बाँचिन्छ र बसन्त भट्टको लेखन अनि बद्री अधिकारीको निर्देशनमा पूर्णाकी नाटक गोधुली साँझ मिाचत भए । यसपछि बद्री अधिकारी रमेश बुढाथोकी र सुनील पोखरेलसंग संगैको हाराहारीमा मुकुन्द श्रेष्ठ पनि काठमाण्डौ पलायन भए ।
काठमाण्डौमा पनि बिराटनगरबाट आएका कलाकारहरुकै एउटा समुह बन्यो र मुकुन्द श्रेष्ठले बद्री अधिकारीको लेखन र निर्देशनमा पहिलो पटक िभंडमा हराएको मान्छे मा अभिनय गरे । यसपछि मुकुन्द श्रेष्ठले अभिनयलाई व्यवसायिक रुपले अघि बढाउन विभिन्न समुहहरुसंग मिलेर अभिनय र निर्देशन गर्न थाले । नेपाल कानुन क्याम्पसमा सपना मल्ल दिपक हुमागाइ निलम पहाडी आदिसंग मिलेर देवता भन्ने नाटक देखाए । यही समय अभिनयमा स्वर्णपदक विजेता हो भनी दिपक आलोकले मुकुन्द श्रेष्ठको परिचय कृष्ण मल्लसंग गराएपछि मुकुन्द श्रेष्ठ मल्लको समुहसंग आवद्ध भए । यो समुहले भारतीय नाटककार रमेश मेहताको अण्डर सेत्रेुटरी को नेपाली रुपान्तरण गरेर बन्दिुनुस न त नाटक श्री समुहबाट देखाए ।
यो समुहमा पनि धेरै दिनसम्म टिकीरहन सकेनन मुकुन्द श्रेष्ठ । त्यसपछि वि.सं.०४१।४२ सालमा रङ्गकर्मी जमात भनेर अर्को समुह गठन गरे । यो समुहले अपाहिज यौवनका रातहरु साहुजीको लाटी स्वास्नी आदि नाटकहरु माचन गर् यो । अहिले विराटनगरका रङ्गमाचका हस्तिहरु बद्री अधिकारी रमेश बुढाथोकीमुकुन्द श्रेष्ठ अनि देशभक्त खनाल रङ्गमाचलाई तिलााजली िदंदै ठुलो पर्दा तर्पु लागेका छन् ।

वि.सं.२०३४ सालमा मिलन कला केन्द्रको गठनसंगै देखिएका अर्का कलाकार हुन विशाल पुष्कर पोखरेल । यस केन्द्रमा विशाल वाहेक प्रकाश थापा डम्बर भुजेल शिव कार्की आदि कलाकारहरु थिए । यस केन्द्रले २०३६ सालमा लक्ष्मण पुण्यको निर्देशनमा पहिलो पटक भुल शीर्षकको एकांकी नाटक प्रदर्शन गर् यो । यसपछि २०३७ मा विशाल पोखरेलको लेखन लक्ष्मण पुण्यको निर्देशनमा फुटेको ऐनाको तस्विर २०३८ मा लक्ष्मण पुण्यको निर्देशनमा अभागीको प्रेम २०३९ मा लक्ष्मण पुण्यकै निर्देशनमा नाटक भन्ने नाटक २०४० मा विशाल पोखरेलको लेखन अनि दिपक आलोकको निर्देशनमा अब के गर्ने २०४२ मा विशााल पोखरेलको लेखन र बलराम थापाको निर्देशनमा वाह वाह प्रोडक्सन२०४३ सालमा हृदयचन्द्रिसं प्रधानको तीन उरन्ठेउला नाटक बलराम थापाको निर्देशनमा प्रदर्शन भएको थियो । त्यसैगरी २०४४ सालमा विशाल पोखरेलको लेखन अनि बलराम थापाको निर्देशनमा यसै संस्थाले यहा यस्तै छ मिाचत गर्यो ।  
२००८ बाट शुरु भएको विराटनगरको रङ्गमाचीय इतिहासले धेरै निर्देशक कलाकारहरु जन्माउदै गयो र तिनीहरुले राष्ट्रि्य तथा अन्तरराष्ट्रि्रय स्तरमा नामहरु पनि कमाउदै गए । तर आज पनि बिराटनगरको रङ्गमाचीय गतिविधिहरु शुन्य छ । राष्ट्रि्य तथा अन्तरराष्ट्रि्य स्तरमा पुग्न सक्ने कलाकारहरु जन्माएकोमा जति गर्व राख्दछ अहिलेको शुन्य रङ्गमाचीय गतिविधिप्रति त्यति नै दुःखि पनि छ बिराटनगर ।