केहि नारी प्रधान नाटकहरु
Sunday, 24 May 2009 06:04

-घिमिरे युवराज

केहि बर्ष यता देखि नारी संवेदना चलचित्र बिकाउने सुत्र भएको छ । केहि निर्देशकहरु चतुर्याईंका साथ यसैको माध्यमबाट आफ्ना चलचित्र बिकाइरहेका छन् । यस्ता गम्भिर समस्यालाइ बिल्कुलै हल्का मनोरन्जनका रुपमा प्रयोग गरिनुले मानविय संवेदनालाइ धेरै हदसम्म कमजोर बनाउँछ । तर साहित्यका साथै अन्य सृजनाहरुमा भने नारी संवेदना माथि राम्रै काम भएको छ । खासगरि नाट्यकलामा नारी संवेदनाले राम्रो ठाउँ पाएको छ । अघिल्लो पुस्ताका नाट्य स्रस्टाहरु बालकृष्ण सम गोपाल प्रसाद रिमाल वा गोविन्दबहादुर मल्ल गोठालेहरुले आफ्ना नाटकहरुमा नारी संवेदनालाइ साँच्चै गम्भिर रुपमा उठाएका छन् । अन्धवेग, म, मसान, मुकुन्द इन्दिरा,च्यातिएको पर्दाजस्ता धेरै नाटकहरुले पाठक ता दर्शकहरुको सामुमा मनग्ये चर्चा पाए । त्यस्तै पछिल्लो पटक मन्चन भएका केहि स्तरिय नाटकहरुमा नारी जीवनलाइ यथार्थपरक ढंगले प्रस्तुत गरिएको छ । जस्तै गम्भिर विषयवस्तु छानिएपनि यदि काम राम्रो भएको छैनभने वा विषयको गहिराइलाइ समाउन सकिएन भने त्यसले स्तरियता पाउन सक्दैन । नेपालका केहि नाम चलेका नाट्य समुहहरुले विषयको मर्मलाई बुझेर  स्तरिय प्रस्तुती दिएका छन् । पछिल्ला वर्षहरुमा मन्चित केहि स्तरिय नारी प्रधान नाटकहरु:


थाङला: चर्चित साहित्यकार सरुभक्त द्धारा लिखित तथा अनुप बरालद्धारा निर्देशित नाटक 'थाङला' हिमालीमूलका बासिन्दाहरुमा चलेको बहुपति प्रथामा आधारित छ । दाजुले विवाह गरेकै स्त्रीलाई भाईहरुले पनि श्रीमती मान्नुपर्ने संस्कार अनुसार समाजमा हरेक जेठा दाईकी श्रीमतीले आफ्ना सबै देवरहरुलाई लोग्ने मान्नुपर्ने अवस्था अझै विद्यमान छ । नाटकमा कान्छोभाई सानै हुँदा जेठो दाईले विवाह गर्छ । त्यतिवेला सानो देवर र भाउजूबीच आमा - छोरा को जस्तै सम्बन्ध रहन्छ तर जब कान्छो भाइ जवान हुँदै जान्छ आफ्नो सामाजिक संस्कार अनुसार जेठो दाइले कान्छो भाइलाइ आफ्नी श्रीमती भाउजु माथि श्रीमतीको व्यवहार गर्न अनुरोध गर्छ ।

तर भाउजूलाई श्रीमतीका रुपमा हेर्न चाहादैन कान्छो भाइ । एकातिर उनिहरुबीच उमेरको धेरै फरक हुन्छ भने अर्कातिर उसले भाउजुलाई आमा समान मानेको हुन्छ । उता त्यहि संस्कारलाई धर्म मानेको जेठो दाइले भाउजुसंग शारीरिक सम्बन्ध राख्न अनुरोध गर्छ । भूतप्रेत लागेको आरोपमा धामी - झाँक्री लाउँछ । धेरै श्रीमान्हरु भोग्नुपर्ने त्यो समाजमा भाउजुले केहि गर्न सक्दिनन् ।
   आखिर आमा समानकी भाउजूको सम्मान गर्दै उसले आत्महत्या गर्छ । वास्तविक सामाजिक घटनालाई लिएर लेखिएको यो नाटकभित्र त्यो हिमाली भेगमा बस्ने सयौं नारीहरुको पीडा र व्यथा बोलेको छ । यो नाटक लेख्न सरुभक्त वस्तविक घटनाको खोजी गरिरहेका थिए । एउटी नारी कसरि पुरुषहरुको घेरा भित्र वाधिएकी छे वा सामाजिक संस्कारका नाममा कसरि नेपाली नारीहरुको शारीरिक शोषण  भैरहेको छ भन्ने दृष्यात्मक दस्तावेज हो - थाङला । जसरि सरुभक्तले नाटक लेखेका छन् सिर्जनशील रंगकर्मी अनुप बरालले उत्तिकै जीवन्त ढंगले त्यसलाई माचमा उतारेका छन् ।
अग्निको कथा  वि.सं. २०५९ मा सबैभन्दा बढि मिाचत अर्को उत्कृष्ट नाटक हो अग्निको कथा । साहित्यकार अभि सुवेदीद्धारा लिखित तथा सुनिल पोखरेलद्धारा निर्देशित यो नाटकले मूल रुपमा बौद्ध गुम्वा भित्र बस्नेहरुको जीवन बोलेको छ । गुम्वाको ठूलो पुस्तकालयमा आगो लागेपछि गुम्वाभित्रका भिक्षूहरु विचलित हुन्छन् । जीवन के हो  ज्ञान के हो  यिनै प्रश्नकोहरुको उत्तर खोज्न ज्ञान भिक्ष्ा गुम्वावाट बाहिर निस्कन्छ । तर उत्तिकै विचलित भएकि पूर्णिमा भिक्ष्ाणी अमु भ्रममा हुन्छे । उ आफूलाई परिधिमा बाधिएको महसुस गर्छे । बुद्ध धर्ममा नारीप्रतिको दृष्टिकोण अविवाहित जीवन र गुम्वा बाट बाहिर निस्किने प्रयास गर्छे र आफूलाई खुकुलो र सहज बनाउँछे । उ बाहिर निस्किएर दुःखी र असाहायहरुको सेवा गर्न चाहान्छे । यो नाटकको एउटा पाटोले गुम्वा भित्र बस्ने भिक्ष्ाणीहरुको जीवनलाई सूक्ष्मरुपले हेर्ने प्रयास गरेको छ । आरोहण द्धारा प्रस्तुत यो नाटकको प्रथाम प्रदर्शन ०५९मा भारतम गरिएको थियो । पछि त्यसलाई नेपालमा करिव दुई मैना नियमित प्रदर्शन गरियो । 

सिरुमारानी : नाटक सिरुमारानीमा नारीको संवेदनालाई केहि पि्रथकरुपमा प्रस्तुत गरिएको छ । मिथ र लोककथालाई संयोजन गरिएको यो नाटकका लेखक हुन् सरुभक्त र निर्देशक अनुप बराल । गत असार महिनामा ८ गते देखि २८ गते सम्म सांस्कृतिक संस्थानको आयोजनामा साचालित कार्यशालावाट तयार गरि असार २८ गते माचन गरिएको यो नाटककी मुख्य पात्र हुन् सिरुमारानी । ऋषिको श्राप बाट माछाको जीवन पाएकी नागकन्या श्रापबाट मुक्त हुन मान्छेसँग विवाह गर्छे। र उनिहरुवाट जन्मिएकी संतान हो सिरुमारानी । ज्योतिसिको भविष्यवाणी अनुसार मान्छेलाई थाहा हुन्छ कि उसकि छोरी चक्रबर्ती राजाकी रानी हुन्छे । छोरीको प्रेमी गोरेलाई मान्छेले लखेट्छन् । सिरुमारानीले पनि बाबुको खातिर आफ्नो प्रेमि छोड्छे । संयोगबस उ चक्रबती राजाकी रानी हुन्छे । नाटकमा मिथलाई प्रयोग गरे अनुसार राजा र युवराजले उमेर साटासाट गरेक हुन्छन् । राजा भन्दा युवराजलाई वृद्ध देखेर  सिरुमारानी चकित पर्छे । ुस्वास्नी मान्छेको भाग्य कसले लेखेकोहुन्छ  लेाग्नेमान्छेले की भगवानले ुयो प्रश्न हो सिरुमारानीको । आफूलाई भोग गरिरहेको यौवन युवराजको हो भन्ने थाहा पाएपछि सिरुमारानी भ्रममा पर्छे : 'म कसकी स्वास्नी  बाबुको की छोराकी ' राजाले व्यक्तिगत सुखभोगका लागि प्रयोग गरिएकी सिरुमारानीको नारी विद्रोह जाग्छ । उसले राजा र युवराजको विलासी भोगलाई  लाचार बनाउँछे । 

पुतलीको घर : राजधानीको बालकृष्ण सम नाटकघरमा साउन ७ देखि भदौ २४ गते सम्म नियमित प्रदर्शन भैरहेको अर्को नाटक हो पुतलीको घर । चर्चित नर्वेली नाटककार हेनरिक इब्सनको प्रसिद्ध यथार्थबादी नाटक ए डल्स हाउस को नेपाली रुप पुतलीको घर । यसलाई रुपान्तरण तथा निर्देशन गरेका छन् प्रतिभाशाली चर्चित रंगकर्मी सुनिल पोखरेलले । यो नाटककी मुख्यपात्र नोरा हाम्रो समाजका धेर्रै परिवारमा पाइने वास्तविक उदाहरण हो । लोग्नेको हितकालागी दुःख खपेकी नोराप्रति समस्या आउँदा पनि लोग्नेले कुनै साहानुभूती जनाउँदैन । लोग्नेको सुखकालागि कठपुतली बनेकी नोरा स्वास्नी र आमा भन्दा पर नारी अस्तित्वको खोजीको निम्ति लोग्ने छोड्न बाध्य हुन्छे । घर छोडेकी नोराहरु नेपाली परिबेसमा कहा जान्छन्  नारीवादी हरुकालागि यो गहन प्रश्न हो ।


नारीका जीवनका बेग्लाबेग्लै पक्षँहरु प्रस्तुत गरिएका यी चार नाटकहरु वास्तवमै वर्तमान नेपाली परिवेशमा सान्दर्भिक छन् । यी नाटकहरुले दर्शकहरुको मन राम्रैसँग छोएको छ । हरेक दर्शकले नाटक हेरिसकेपछि पक्कै  आफ्ना छोरी चेलीआमा र श्रीमतीहरुको विषयमा एकपटक सोच्नेछन् । त्यस्रले पनि नारा र जुलुस भन्दा नाटक धेरै हद सम्म सफल भएका छन् सामाजिक समस्या र चेतनामा काम गर्न । नारी अधिकार सम्बन्धी काम गर्ने धेरै संघ संस्था तथा व्यक्तिहरुले प्रभावकारी रुपमा उठाउन नसकेका कतिपय विषयहरुलाई यस किसिमका नाटकहरुले उठाएका छन् । तर ती पक्षहरुनै त्यस किसिमका नाटक हेर्ने कुनै चासो देखाउँदैनन् जो नारी अधिकारका निम्ति कुर्लिरहेका छन् ।