| केहि नारी प्रधान नाटकहरु |
| Sunday, 24 May 2009 06:04 | |||
|
-घिमिरे युवराज केहि बर्ष यता देखि नारी संवेदना चलचित्र बिकाउने सुत्र भएको छ । केहि निर्देशकहरु चतुर्याईंका साथ यसैको माध्यमबाट आफ्ना चलचित्र बिकाइरहेका छन् । यस्ता गम्भिर समस्यालाइ बिल्कुलै हल्का मनोरन्जनका रुपमा प्रयोग गरिनुले मानविय संवेदनालाइ धेरै हदसम्म कमजोर बनाउँछ । तर साहित्यका साथै अन्य सृजनाहरुमा भने नारी संवेदना माथि राम्रै काम भएको छ । खासगरि नाट्यकलामा नारी संवेदनाले राम्रो ठाउँ पाएको छ । अघिल्लो पुस्ताका नाट्य स्रस्टाहरु बालकृष्ण सम गोपाल प्रसाद रिमाल वा गोविन्दबहादुर मल्ल गोठालेहरुले आफ्ना नाटकहरुमा नारी संवेदनालाइ साँच्चै गम्भिर रुपमा उठाएका छन् । अन्धवेग, म, मसान, मुकुन्द इन्दिरा,च्यातिएको पर्दाजस्ता धेरै नाटकहरुले पाठक ता दर्शकहरुको सामुमा मनग्ये चर्चा पाए । त्यस्तै पछिल्लो पटक मन्चन भएका केहि स्तरिय नाटकहरुमा नारी जीवनलाइ यथार्थपरक ढंगले प्रस्तुत गरिएको छ । जस्तै गम्भिर विषयवस्तु छानिएपनि यदि काम राम्रो भएको छैनभने वा विषयको गहिराइलाइ समाउन सकिएन भने त्यसले स्तरियता पाउन सक्दैन । नेपालका केहि नाम चलेका नाट्य समुहहरुले विषयको मर्मलाई बुझेर स्तरिय प्रस्तुती दिएका छन् । पछिल्ला वर्षहरुमा मन्चित केहि स्तरिय नारी प्रधान नाटकहरु:
तर भाउजूलाई श्रीमतीका रुपमा हेर्न चाहादैन कान्छो भाइ । एकातिर उनिहरुबीच उमेरको धेरै फरक हुन्छ भने अर्कातिर उसले भाउजुलाई आमा समान मानेको हुन्छ । उता त्यहि संस्कारलाई धर्म मानेको जेठो दाइले भाउजुसंग शारीरिक सम्बन्ध राख्न अनुरोध गर्छ । भूतप्रेत लागेको आरोपमा धामी - झाँक्री लाउँछ । धेरै श्रीमान्हरु भोग्नुपर्ने त्यो समाजमा भाउजुले केहि गर्न सक्दिनन् । सिरुमारानी : नाटक सिरुमारानीमा नारीको संवेदनालाई केहि पि्रथकरुपमा प्रस्तुत गरिएको छ । मिथ र लोककथालाई संयोजन गरिएको यो नाटकका लेखक हुन् सरुभक्त र निर्देशक अनुप बराल । गत असार महिनामा ८ गते देखि २८ गते सम्म सांस्कृतिक संस्थानको आयोजनामा साचालित कार्यशालावाट तयार गरि असार २८ गते माचन गरिएको यो नाटककी मुख्य पात्र हुन् सिरुमारानी । ऋषिको श्राप बाट माछाको जीवन पाएकी नागकन्या श्रापबाट मुक्त हुन मान्छेसँग विवाह गर्छे। र उनिहरुवाट जन्मिएकी संतान हो सिरुमारानी । ज्योतिसिको भविष्यवाणी अनुसार मान्छेलाई थाहा हुन्छ कि उसकि छोरी चक्रबर्ती राजाकी रानी हुन्छे । छोरीको प्रेमी गोरेलाई मान्छेले लखेट्छन् । सिरुमारानीले पनि बाबुको खातिर आफ्नो प्रेमि छोड्छे । संयोगबस उ चक्रबती राजाकी रानी हुन्छे । नाटकमा मिथलाई प्रयोग गरे अनुसार राजा र युवराजले उमेर साटासाट गरेक हुन्छन् । राजा भन्दा युवराजलाई वृद्ध देखेर सिरुमारानी चकित पर्छे । ुस्वास्नी मान्छेको भाग्य कसले लेखेकोहुन्छ लेाग्नेमान्छेले की भगवानले ुयो प्रश्न हो सिरुमारानीको । आफूलाई भोग गरिरहेको यौवन युवराजको हो भन्ने थाहा पाएपछि सिरुमारानी भ्रममा पर्छे : 'म कसकी स्वास्नी बाबुको की छोराकी ' राजाले व्यक्तिगत सुखभोगका लागि प्रयोग गरिएकी सिरुमारानीको नारी विद्रोह जाग्छ । उसले राजा र युवराजको विलासी भोगलाई लाचार बनाउँछे । पुतलीको घर : राजधानीको बालकृष्ण सम नाटकघरमा साउन ७ देखि भदौ २४ गते सम्म नियमित प्रदर्शन भैरहेको अर्को नाटक हो पुतलीको घर । चर्चित नर्वेली नाटककार हेनरिक इब्सनको प्रसिद्ध यथार्थबादी नाटक ए डल्स हाउस को नेपाली रुप पुतलीको घर । यसलाई रुपान्तरण तथा निर्देशन गरेका छन् प्रतिभाशाली चर्चित रंगकर्मी सुनिल पोखरेलले । यो नाटककी मुख्यपात्र नोरा हाम्रो समाजका धेर्रै परिवारमा पाइने वास्तविक उदाहरण हो । लोग्नेको हितकालागी दुःख खपेकी नोराप्रति समस्या आउँदा पनि लोग्नेले कुनै साहानुभूती जनाउँदैन । लोग्नेको सुखकालागि कठपुतली बनेकी नोरा स्वास्नी र आमा भन्दा पर नारी अस्तित्वको खोजीको निम्ति लोग्ने छोड्न बाध्य हुन्छे । घर छोडेकी नोराहरु नेपाली परिबेसमा कहा जान्छन् नारीवादी हरुकालागि यो गहन प्रश्न हो ।
|