|
Friday, 29 May 2009 08:48 |
|
- घिमिरे युवराज नाटककार अभि सुवेदीको यो चौथो नाट्य कृति हो । यसभन्दा अघि आरुका फूलका सपना पांच नाटक र अंग्रेजी अनुवाद थ्री प्लेज प्रकाशित थिए । यी सबै नाटक संग्रहलाई हेर्दा अभि सुवेदीका नाटक भिन्न स्वभाव बोकेर प्रकाशित छन् । त्यो भनेको के भने मन्चनको प्रचुर सफलतापछि मात्रै तिनका नाटक कृतिका रुपमा आएका छन् । नाटककार वा रंगकर्मीका लागि खुशीको कुरा हो मन्चनको प्रयोग र चर्चापछि यसको पाठ्य रंगमाचका शैली स्वभाव र तस्विर समेत समेटिएर छापिए । यस्ता कृतिले रंगमाचमा ईतिहास कोर्छन् । यसरी कृति छापिनु रंगमाचको इतिहास लेखिनु हो । तर मन्चन भैसकेको कृतिका बारेमा लेख्नु ठूलो जोखिम पनि हो । मिाचत नाटक हेरिसकेकाले कृतिका बारेमा लेख्न बस्ता पाठलाई दृश्यले जितेर आउंदो रहेछ । नाटककार आफैले यस कृतिको भूमिकामा भनेका छन्- 'यी नाटकको उत्पत्तिथलो रंगमाच हो । यी नाटकहरु कि त नाट्यकर्मी र निर्देशकका अनुरोधमा लेखिएका हुन् कि त तिनले चाहना गरेका विषयमा लेखिएका हुन् । |
|
Read more...
|
|
|
Sunday, 24 May 2009 06:04 |
|
-घिमिरे युवराज केहि बर्ष यता देखि नारी संवेदना चलचित्र बिकाउने सुत्र भएको छ । केहि निर्देशकहरु चतुर्याईंका साथ यसैको माध्यमबाट आफ्ना चलचित्र बिकाइरहेका छन् । यस्ता गम्भिर समस्यालाइ बिल्कुलै हल्का मनोरन्जनका रुपमा प्रयोग गरिनुले मानविय संवेदनालाइ धेरै हदसम्म कमजोर बनाउँछ । तर साहित्यका साथै अन्य सृजनाहरुमा भने नारी संवेदना माथि राम्रै काम भएको छ । खासगरि नाट्यकलामा नारी संवेदनाले राम्रो ठाउँ पाएको छ । अघिल्लो पुस्ताका नाट्य स्रस्टाहरु बालकृष्ण सम गोपाल प्रसाद रिमाल वा गोविन्दबहादुर मल्ल गोठालेहरुले आफ्ना नाटकहरुमा नारी संवेदनालाइ साँच्चै गम्भिर रुपमा उठाएका छन् । अन्धवेग, म, मसान, मुकुन्द इन्दिरा,च्यातिएको पर्दाजस्ता धेरै नाटकहरुले पाठक ता दर्शकहरुको सामुमा मनग्ये चर्चा पाए । त्यस्तै पछिल्लो पटक मन्चन भएका केहि स्तरिय नाटकहरुमा नारी जीवनलाइ यथार्थपरक ढंगले प्रस्तुत गरिएको छ । जस्तै गम्भिर विषयवस्तु छानिएपनि यदि काम राम्रो भएको छैनभने वा विषयको गहिराइलाइ समाउन सकिएन भने त्यसले स्तरियता पाउन सक्दैन । नेपालका केहि नाम चलेका नाट्य समुहहरुले विषयको मर्मलाई बुझेर स्तरिय प्रस्तुती दिएका छन् । पछिल्ला वर्षहरुमा मन्चित केहि स्तरिय नारी प्रधान नाटकहरु: |
|
Read more...
|
|
|
Sunday, 24 May 2009 05:26 |
|
-घिमिरे युवराज भकुण्डोमा जादुगरी देखाउने विश्व प्रसिद्ध खेलाडी पेले र रङ्गमाचमा जादुगरी आविष्कारक अगष्टो बोएलको गाउँ एउटै रहेछ । यी दुबै जन्मिएको गाउँको नाम हो ब्राजिलको रियो द जेनेरियो । उमेरले समकालीन र एउटै गाउँका भएर पनि यी दुबै खेलाडीबीच मित्रता थियो कि थिएन थाहा छैन । तर आज यी दुवै नाम विश्वमाझ चर्चित छन् । विधा विल्कुलै फरक भए पनि भकुण्डो खेल र रङ्गमाचमा केही समानता छन् । यी दुबै सामुहिक खेल हुन् । पेलेले जसरी भकुण्डोको सहाराले मान्छेका आँखालाई घोर् याए बोएलले पनि सारा मजदुर आदिवासी र ब्राजिलका अधिकांश मानिसहरुलाई रङ्गमाचमा घोर् याए । सन् सत्तरीको दशकमा यिनले आविष्कार गरेको समाजमा दविएकाहरुको नाटकु (Theatre of the oppressed) अर्थात जनताको रङ्गमाच आज विश्वमा प्रशिद्ध छ । असी छुन लागेका रङ्गमाचका पेले अगष्टो बोएल अहिले पनि आफ्नो अभियानमा सकि्रय छन् । विश्वमा अहिले जिवित चर्चित रङ्गकर्मीहरु मध्ये अगष्टो बोएल पनि एक हुन् ।
|
|
Read more...
|
|
|
<< Start < Prev 1 2 Next > End >>
|
|
Page 2 of 2 |