Home: Shilpee Theatre
अँध्यारो छिचोल्दै
Tuesday, 16 June 2009 07:46
- कुमार आले

काठमाडौँका केही युवाले एउटा सानो कोठाबाट शुरु गरेको अँध्यारोेविरुद्धको अभियान अँध्यारोेमै बिलाउने हो कि भन्ने चिन्ताले सताउँथ्यो मलाई। यस्तैमा शिल्पी, सर्वदा, कालचक्र नेपाल र स्रष्टा चैत्र ३० जस्ता संस्थाका कार्यक्रममा केही कविले अँध्यारोविरुद्ध शीर्षकका कविता वाचन गरे, शिल्पीले नाटक देखायो। कार्यक्रम निकै सुन्दर भएपनि शहरमा त्यसबारे धेरैलाई अत्तोपत्तो थिएन।

समसामयिक अस्वाभाविक राजनीतिप्रति असन्तुष्ट छु म। तर, राजनीतिबाट अछुतो हुन नसक्ने यथार्थलाई पनि सबैले स्वीकार्नैपर्छ। मुलुकमा अहिले विरोधको लहर चलेको छ र त्यसको शैली विस्मयकारी छ। राज्यले आफ्नो कर्तव्य बिर्सिएजस्तो देखिन्छ भने राजनीतिक नेताहरू सरकारसम्बन्धी खिचातानीमा व्यस्त छन्। यही बेला अँध्यारोविरुद्धको रङ्गकर्मीहरूको अभियानमा सामेल हुन पुगेँ र शिल्पीले कचहरी नाटक तथा कविता वाचन कार्यक्रम लिएर अभियानलाई पूर्वतिर लैजाने भएपछि त्यो टोलीमा मिसिएँ।

Read more...
 
रङ्गकर्मीहरुको पहिलो अभिलेख
Friday, 29 May 2009 10:12

- घिमिरे युवराज 

विधागत रुपमा हेर्ने हो भने अन्य धेरै क्षेत्रका व्यक्तित्वहरुका बारेमा कृति आइसक्दा पनि रङ्गमाचमा त्यस्तो काम सून्य नै थियो । नाटककारहरुका बारेमा बरु केही कृति प्रकाशित छन् तर रङ्गकर्मीहरुलाई नै यसरी एकमुस्ट समेटेर आएको पहिलो कृति हो- एक दर्जन एक । त्यसैले मरुभूमिमा एउटा विरुवा उमि्रए जस्तो भएको छ यो कृतिको प्रकाशन । प्रशिद्ध गीतकार तथा रङ्ग समीक्षक रमण घिमिरेद्वारा लिखित १३ जना रङ्गकर्मीहरुको जीवनीको निवन्धात्मक आलेख हो यो ।
ख्यातिप्राप्त व्यक्तित्वहरुको जीवनका संघर्ष सुखदुःख पेशाप्रतिको लगाव सफलता असफलता आदिका कथा प्रेरणाका स्रोत जीवन बुझ्ने माध्यम वा आफ्नो कामको सफलताका खुड्किला हुन सक्छन् । ती व्यक्तित्वहरुको जीवनीको विधागत विशिष्टता त झन् हुन्छ । विधागत विशिष्टतालाई हेर्दा मजस्ता रङ्गमाचमा कामगरिरहेका धेरै युवाहरुका लागि अग्रजलाई बुझ्ने सरल माध्यम हो यो कृति । यस कितावलाई नेपाली रङ्गकर्मीहरुको शब्द अभिलेखको महत्वपूर्ण सुरुवात पनि मान्न सकिन्छ ।

Read more...
 
बिराटनगरको रङ्गमन्चीय इतिहास
Friday, 29 May 2009 09:18

- बसन्त भट्ट

बिराटनगर ऐतिहासिक रुपमा ज्यादै पुरानो शहर हो । यहां वसोवास गर्ने मानिसहरु राजनैतिक शैक्षिक र सुस्कृतिक पाटॊमा धनि थिए । तर पनि राणा शासनकालमा यस शहरलाई न राजनैतिक न शैक्षिक न त साँस्कृतिक नगरीको रुपमा विकसित हुन मौको नै दिइयो । यस सहरलाई राजनैतिक शैक्षिक अनि साँस्कृतिक नगरको रुपमा विकास गर्ने मौका दिइयो भने  आपुनो शासनको पतन हुनेछ भन्नेमा त्यस वेलाका शासक र तिनका मतियारहरु निश्चिन्त थिए । त्यसैले यस नगरीलाई व्यापारिक नगरीको रुपमा विकसित गिरंदै लगियो । यहाँ भानुभक्तीय होइन तुलसीकृत रामायण पढन लगाइयो । तर पनि केही प्रवुद्ध मानिसहरु विराटनगरको राजनैतिक शैक्षिक र सँस्कृतिको  विकासमा लागी नै रहे ।
विराटनगरको कला शिक्षा र राजनीतिको प्रेरणा श्रॊत कोइराला निवास नै हो । २००७ सालको क्रान्तिपछि तारिणीप्रसाद कोइरालाले विराटनगर जुट मिलमा प्रजातान्त्रिक रेडियो नेपाल साचालन गरेर गीत र संगीतको क्षेत्रमा

Read more...
 
<< Start < Prev 1 2 Next > End >>

Page 1 of 2